ओलीसँग सगरमाथामा ट्राफिक जामबारे प्रश्न

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामामा बढी आरोहीलाई अनुमति दिएको विषय हल्लामात्र भएको बताएका छन् । सगरमाथामा ट्राफिक जाम हुनुमा बढी आरोहीलाई अनुमति दिनु मुख्य कारण भएको चर्चा चलिरहँदा बीबीसीसँगको मङ्गलबारको अन्तवार्तामा ट्राफिक जामलाई गम्भीरताका साथ लिइएको बताए ।

सरकारले यो वर्ष तीन सय ८१ वटा टोलीलाई अनुमति दिएको थियो । यो अहिलेसम्मकै बढी हो । ओलीलाई बीबीसीले तथ्यसहित प्रमाण सोध्दा सगरमाथा आरोहणको विषय व्यवस्थापनमा नेपाल सरकारले नियमनलाई अझ सशक्त बनाउने बताए ।

पूर्वाधार निर्माणमा जङ्गल काटिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले वातावरण जोगाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्यांक दिए । २५ लाख रुख काटिएको विषयमा उनले भने— हामी पाँच लाख रुख रोप्छौं । हामीसँग ४५ प्रतिशत जङ्गल छ र हामीले वातावरण क्षेत्रमा ठूलो योगदान गरिरहेका छौं ।


ताजा खबर

Loading...
Loading...
Loading...