सीप परीक्षण नगरी कामका लागि विदेश जान नपाउने

जेठ २९, काठमाण्डौ । रोजगारीका लागि विदेश जाने युवाहरुले धेरै दुःख पाउने गरेका छन् । लाखौँ खर्च गरेर जाने युवाहरुमा सिप नहुँदा थोरै पैसामा धेरै दुःखको काम गर्नुपर्ने बाध्यता छ । अब भने वैदेशिक रोजगार विभागले आउने असार १५ गतेबाट निश्चित क्षेत्रमा तालिम प्राप्त जनशक्तिलाई पठाउने उदेश्यले सीप परिक्षणको तयारी गदै छ । १२ वटा क्षेत्रमा काम गर्न जाने कामदारलाई सीप परीक्षणपछि मात्रै श्रम स्वीकृति दिने भएको छ ।

नेपाली नागरिकलाई न्यूनतम सीप सिकाएर मात्र वैदेशिक रोजगारमा पठाउने सरकारको नीतिअनुसार सीप परीक्षण गर्न लागिएको विभागले जानएको छ । जुन क्षेत्रमा जाने हो कामदारले त्यो क्षेत्रको सीप अनिवार्य रुपमा सिक्नुपर्छ विभागको भनाई छ । असार १५ गतेदेखि कार्यान्वयनमा लैजाने विभागले जानकारी दिएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ  ।

सीप बिहिन कामदार पठाएको कारण नेपालीहरुले अरु देशको मान्छेले छोडको काम गर्नु पर्ने बाध्यता, कठिन काम गर्नु पर्ने, एउटा काम भनेर गएर अर्को काम गर्नु पर्ने जस्ता समस्या देखिने गरेको छ । यस्ता समस्या न्युनिकरणका लागि सीप परिक्षण गरेर मात्र विदेश पठाउने नीति लिइएको हो ।

यता वैदेशिक रोजगारमा गएर आएका व्यक्तिहरु पनि सिप परीक्षणको व्यवस्था एकदमै राम्रो बताएका छन् । सीप बिना विदेश जाँदा भोग्नुपरेको समस्या विकराल छ ।

वैदेशिक रोजगारमा जाने कामदारका लागि हाउस वायरिङरइलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङरक्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्टरटेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्न जाने कामदारलाई त्यसको सूचीमा राखेको छ । विभागले तालिम दिने २७ वटा संस्था छानिसकेको छ । आवश्यक परे थप गर्ने समेत व्यवस्था रहेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...