पत्रकारिता दलीयकरणतर्फ उन्मुख भयो, रोकौं : उपाध्यक्ष ढुंगाना

बुटवल, २९ जेठ। रिपोर्टर्स क्लव नेपालका केन्द्रिय उपाध्यक्ष बैकुण्ठ प्रसाद ढुंगानाले मोफसलको पत्रकारिताको भबिश्य उज्वल रहेको बताएका छन् ।

उनले राजधानी काठमाडौंमा पत्रकारिता दलीयकरण हुदै गएको भन्दै प्रदेश-५ मा पत्रकारिता राम्रो भएको दाबि गरे । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

ढुंगानाले पत्रकारिता समाजका लागि गर्नुपर्ने भन्दै दलका भजन गाएर पत्रकारिता नगर्न समेत सुझाब दिए । बरिष्ट पत्रकार बालकृष्ण चापागाइले पत्रकारितामा मोफसलको राजधानी बुटवलको छुट्टै ब्राण्ड रहेको भन्दै मिडिया बलियो बनाउने काम पत्रकारको भएको बताए ।

क्लवका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्