‘काठमाडौंमा आन्दोलनको आँधीबेहरी सुरु गर्छौ’

काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता नलिए काठमाडौंमा आन्दोलनको आँधीबेहरी सुरु गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानले यस्तो चेतावनी दिएका हुन् । उनले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरे । राजधानीमा गुठीसम्बन्धी विधेयकलगायत सरकारले संविधानविपरीत ल्याएका विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भैरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए ।

उनले भने,’काठमाण्डौमा आन्दोलनको हुरी चल्दैछ । बादल गर्जिँदै छ दिनका दिन आन्दोलनको । विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालाको मागअनुसार विधेयक संशोधन नगरे आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ भनेर भन्न सकिन्न ।’


ताजा खबर

Loading...
Loading...
Loading...