सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए, १९ डीआईजीको सरुवा

काठमाडौं १ असार । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचीअनुसार प्रदेश-१ मा ठाकुर ज्ञवाली, प्रदेश-२ मा प्रद्युम्न कार्की, प्रदेश-३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश-५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटि र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीलाई लगिएको छ ।

यसैगरी, दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, दीपककुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा, विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकको निर्देशनालयमा, महेन्द्रकुमार पोखरेललाई प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा, महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा, सुरज केसीलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा र सूर्यप्रसाय उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सारिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्