देउवा एक्शनमा उत्रिए, १८३ नेतालाई कारवाही

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा एक्शनमा उत्रिएका छन् । २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्नहरुलाई कुनैपनि हालतमा नछोड्न सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएका थिए । देउवाको निर्देशनअनुसार समितिले विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई विधानतहः कारवाही गरेको हो ।

साथै बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए ।समितिले त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई निर्देशन दिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...