ओम सभामुख बन्दा भारतमा देखियो राष्ट्रिय सहमति

बुधबार भारतको लोकसभाको सभामुखमा ओम बिरला चयन भएका छन् । राजस्थानबाट लोकसभा सदस्यमा निर्वाचित ओम बिरला १७ औं सभामुख बनेका छन् ।

भारतीय जनता पार्टीबाट निर्वाचित बिरलालाई सभामुख बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रस्ताव लग्दा कँग्रेस आई, डिएमके, बिजु जनता दललगायत अधिकांश दलले समर्थन गरेका थिए ।

ध्वनी मतबाट बिरलाको पक्षमा समर्थन जुटेको थियो ।

५६ वर्षीय बिरला सभामुख बन्दा भारतमा राष्ट्रिय सहमति देखियो । प्रमुख दलहरुले उनको पक्षमा ध्वनी मत दिए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्