विश्व हिन्दुको उपत्यका बन्द फिर्ता, मन्त्री अर्यालको राजीनामा माग कायमै

काठमाडौं, ४ असार । विश्व हिन्दु युवा संघले १० असारमा गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । संघले बुधबार प्रेस विज्ञप्ति जारी गरी गुठी विधेयक फिर्ता भएकाले बन्द फिर्ता लिएको जनाएको छ ।

संघका महासचिव रोशन जंग बस्नेतले विधेयक खारेज गराउन आन्दोलन जारी राख्ने बताए । उनले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको राजीनामा माग कायमै रहेको स्पष्ट पारे ।

विज्ञप्तिमा भनिएको छ,‘धर्म संस्कृति र परम्परा जोगाउनका निमित्त सडकमा उत्रेका आम नागरिक प्रति आघात पुग्ने किसिमको भाषा प्रयोग भएकोले उक्त अभिव्यक्तिलाई खेद प्रकट गर्दै तत्काल मन्त्री पदबाट मुक्त गर्न माग गर्दछौं ।’


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्