जनकपुरमा मिष्ठान्न भण्डारमा आगलागी, करोडौंको क्षति

धनुषा, ५ असार । जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ ।

प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो । जसका कारण सँगै रहेको सियाराम मिष्टान्न भण्डारमा पनि क्षति प¥याएको हो।


ताजा खबर

Loading...
Loading...
Loading...