हो–चि–मिन्हको शव जोगाउन भियतनामले रुसलाई गुहार्यो

हो चि मिन्हको शवको रक्षाका लागि सुगन्ध
भियतनामी कम्युनिष्ट शासक हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित बनेको छ । भियतनामको कम्युनिष्ट पार्टीका संस्थापक होको शवको सुरक्षाका लागि रुससँग सहयोग मागिएको छ ।

भियतनामले शवलाई बिग्रन नदिन सुगन्ध छर्नका लागि विज्ञहरुको विशेष टोली बनाएको छ । उक्त टोलीमा चारजना रुसी वैज्ञानिक सहभागी छन् ।

हो–चि–मिन्हको शवलाई उनको निधनपछि सन् १९६९ को सेप्टेम्बरमा ५० वर्ष अघि लेप लगाएर राखिएको थियो । उक्त लेपको समयावधि सकिन लागेपछि पुनः लेप लगाउन लागिएको हो ।

हो–चि–मिन्हको शवमा लगाइने लेपले लामो समयसम्म संरक्षित हुने बताइएको छ । हो चि मिन्हको शवलाई राखिएको स्थान पर्यटकीय गन्तव्य बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जाँदा हो चि मिन्हको शव राखिएको स्थान पुगेका थिए । कम्युनिष्ट नेता भएकाले ओलीले हो चि मिन्हको शव राखिएको स्थान हेर्ने इच्छा समेत राखेका थिए ।

‘अंकल हो’ को नामले चिनिने हो–चि–मिन्हको शरीर सोभियत सरकारको सहयोगमा हनोइमा बनेको समाधिस्थलको शिशाको बाकसभित्र राखिएको छ । उक्त स्थानमा दैनिक हजारौंले भ्रमण गर्छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...