२४ करोड हिनामिना गर्ने खाद्य प्रविधि विभागका महानिर्देशकसहित १३ जनामाथि मुद्दा

काठमाडौं, ५ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा व्यापक भ्रष्टाचार भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिशन खाएको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका महानिर्देशक सजीवकुमार कर्ण समेत १३ जना विरुद्ध मुद्या दायर गरेको छ ।

मुद्दा दायर गरिएकाहरुमा महानिर्देशक संजीव कुमार कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव ९लेखा० गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र प्रुडेन्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रविर्ण कुवर छन् ।

उनीहरुले मोबाइल भ्यान खरिद गर्दा सप्लायर्ससँगको मिलेमतोमा गैरकानुनी लाभ लिएको अभियोग छ । उनीहरुले कुल २४ करोड ८० लाख ९५ हजार एक सय १६ रुपैयाँ हिनामिना गरेको अभियोगपत्र विशेष अदालतमा दायर गरिएको छ ।

१३ जनामाथि सजाय र नोक्शानीको रकम मागदाबी गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । सबैभन्दा बढी कुँवरसँग २४ करोड बिगो दाबी गरिएको छ । महानिर्देशक कर्णबाट साँढे १२ करोड बिगो दाबी गरिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...