सल्किदै भुसको आगो, दोष विदेशी शक्तिलाई ?

असार ८, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राजनीतिक प्रतिवेदनलाई लिएर पुन विवाद चुलिएको छ । पार्टी एकताको बांकी काम टुङ्गो लगाउन भन्दै पटक–पटक सचिवालय बैठक बसेपनि नेताहरुविच सहमती हुनुको साटो नयां विषय निकालेर बहस हुन थालेपछि नेकपाभित्र धुब्रीकरण बढ्दै गएको छ । जसले पार्टीभित्रको विवाद भुसको आगो झै भित्र–भित्रै सल्किदै गएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखनको प्रस्ताव गरेपछि नेकपाभित्रको विवाद थप चुलिदै गएको हो ।

शनिबारको बैठकमा पार्टी एकताको बांकी काम जिल्लाका इन्चार्ज तथा सह–इन्चार्ज तोक्ने र नेताहरुको कार्यविभाजनको टुंगो लगाउने एजेण्डा भएपनि उक्त एजेन्डामा प्रवेश नै नगरी बैठकको विषय बस्तु पार्टीको राजनितिक प्रतिवेदन तयार पार्ने विषयतर्फ मोडिएको हो । यसअघि गत जेठ २१, २२ र २३ गते बसेको सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भए पनि नेताहरूबीच सहमति हुन सकेको थिएन । पार्टी एकीकरण भएको १३ महिनावित्दा समेत पार्टीको कार्यदिशा के हुने भन्ने अझै टुंगो छैन ।

कार्यकर्तामा पार्टीको आधिकारिक सिदान्त र कार्यदिशा के भन्ने स्पष्ट नहुंदा अन्यौलता पनि उत्तिकै छ । अर्कोतिर पार्टीको पोलिटव्युरो गठन लगायतका कामहरु प्नि अलपत्र छ । पार्टीको सिदान्तबारे नेताहरुविच धुब्रीकरण भइरदां यही विषयले नेकपाभित्र फुटसम्म आउन सक्ने आँकलन समेत हुन थालेको छ ।

कम्युनिष्ट आन्दोलनका एक पुराना नेता एव्म नेकपा मालेका महासचिव सिपी मैनालीले यी दुइपार्टीको एकतामा पार्टीको कुनै बैचारिक सिद्धान्त नभएको भन्दै दुइअध्यक्षको व्यक्तिगत स्वार्थ मात्र लुकेको बताउँछन् ।

पार्टीका नेता इश्वर पोखरेलले पार्टीको सिदान्त जनताको बहुदलीय जनवाद नै हुने भन्दै बहस चलाउनुपर्ने कुरालाई पटक–पटक उठाउदै आउनुले पुर्वमाओावदी पक्ष शंसकित भएको छ । पार्टीका अर्का अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षले भने जबज र २१ औं सताब्दीको जनवाद लगायतका सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुंगो लगाउने पूर्व सहमति भएकाले अहिले विवाद गर्न नहुने अडानमा छन् ।

आन्तरिक समस्या एकातिर छ, तर नेताहरु भने विदेशी शक्तितिर औँला ठढ्याउन थालेका छन् । शीर्ष तहमा भएको विवादलाई वेवास्ता गर्दै नेताहरुले विदेशी शक्तिका कारण एकता प्रभावित भएको तर्क गर्न थालेका छन् ।

नेकपाभित्र पार्टीको सिदान्तका बारे पुर्वएमाले पक्ष अध्यक्ष ओली सहितका केही नेताहरु ज्बज छाड्न नहुने पक्षमा छन भने पुर्वमाओवादी २१ औं शताब्दीको जनताको जनवाद हुनुपर्ने पक्षमा छन । पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...