फेसबुकमा चिनजान, भेट्न बोलाएर बलात्कार,

काठमाडौं १० असार । सामाजिक सञ्जालमा चिनजान भएको व्यक्तिलाई विश्वास गर्दा १७ वर्षीया एक किशोरी बलात्कारमा परेकी छन् ।

बलात्कारबाट उनी गर्भवतीसमेत भएकी छन् । उनको गर्भ सात महिना पुगिसकेको छ ।

घटनाक्रमअनुसार फेसबुकका साथीले गत मंसिरमा भेट्नुपर्ने अड्डी कसे । ती युवक थिए, धादिङ नौबिसे–७ का विजय तामाङ ।

उनले मरिहत्ते गरेपछि किशोरी भेट्न गइन् । भेटेपछि उनले आफ्नो कोठा देखाउँछु भन्न थाले । बालिकालाई उनले ठैंबस्थित कोठामा पु¥याए । उनले कोठामै बस्न ढिपी कसे । प्रहरीका अनुसार बालिकाले घरमा दिदीलाई फोन गरेर साथीकहाँ बसेको बताएकी थिइन् ।

त्यही रात विजयले किशोरीलाई दुई पटक बलात्कार गरेका थिए । बालिकालाई उनले झिसमिसेमै घर पठाएका थिए । त्यसपछि उनीहरुको भेट भएन ।

पेट बढिसकेपछि परिवारले सोधपुछ गर्दा पीडितले घटनाको बेलिविस्तार सुनाइन् । त्यसपछि उनकी दिदीले फरार अभियुक्तको खोजी गरिदिन प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अभियुक्तलाई असार ५ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...