‘ओलीको महाअस्त्र यस्तो छ, प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै सहमति भएको छैन’

काठमाडौं । नेकपाका प्रभावशाली नेता एवम् सांसद खेम लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको लागि धेरै काम गरेको दाबी गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले यस्तो बताएका हुन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले यो १७ महिनाको अवधिमा सरकारले कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,‘सरकारले ठ्याक्कै नयाँ काम केही पनि गरेको छैन् ।’ सरकारले आर्थिक वृद्धिदर बढाउने भनेर लक्ष्य राखिनु राम्रो कुरा भएपनि काम नभएको उनको जिकिर छ ।

परम्परागत रुपमा हिजो जसरी सरकार चलाउने गरिएको थियो अहिलेको ओली सरकारले पनि त्यहीअनुसार मुलुक चलाउन खोजेको पौडेलको आरोप छ । उनले सरकारलाई सफल भनेर मान्न सकिने कुनै स्थिति नभएको दाबी गरे ।


ताजा खबर

Loading...
Loading...
Loading...