इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप सेमिफाइनलमा

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मङ्गलबार इंग्ल्याण्डको लर्डस्थित मैदानमा सम्पन्न महत्वपूर्ण खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको हो ।

पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा दुई सय ८५ को मध्यम स्कोर बनाएको थियो । जवाफमा ब्याटिङ गरेको इंग्ल्याण्ड ४४.४ ओभरमा सबै विकेट गुमाउन पुग्यो ।

दुई सय २१ रनमा सिमित इंग्ल्याण्ड पराजयसँगै सेमिफाइनल यात्रा कठिन भएको छ । उसले बाँकी तनि खेल जित्नैपर्ने दबाब परेको छ । अष्ट्रेलियाले सेमिफाइनल यात्रा पक्क गर्ने पहिलो टोली बनेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...