Logo

१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर



राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो ।

यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भने आफैमा अनौठो देखिएको छ ।

भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको २० औँ संस्करण आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्च गर्ने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको हो ।

सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय कलाकारको आवजावत टिकट, होटल बसाइ समेत सौजन्य सहयोग बटुलिनेछ ।

‘आइफा अवर्डालाई स्थान र सुरक्षा दिनु उचित हो । तर, नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरुको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्