१५ वर्षीया कोकोको सानदार प्रदर्शन

बिम्बल्डन टेनिसमा १५ वर्षीया अमेरिकी खेलाडी कोको गफको चमत्कारिक प्रदर्शनले निरन्तरता पाएको छ । उनले स्लोभानियाक पोलोना हरकोगमाथि ३-६, ७-६ र ७-५ को सानदार प्रदर्शनबाट जीत निकालेकी हुन् ।

बिम्बल्डन इतिहासमा ५० वर्षपछि सबैभन्दा कान्छी खेलाडीका रुपमा खेलिरहेकी कोकोले पाँच पटककी बिम्बल्डन विजेता भेनस विलियम्सलाई पहिलो चरणमा पराजित गरी विश्वकै ध्यान खिचेकी थिइन् । पहलो सेट हारेपनि दोस्रो सेटमा चमत्कारिक प्रदर्शन गरी कोकोले आफूलाई नयाँ स्टारका रुपमा प्रमाणित गरिन् ।

अब उनले अन्तिम १६ मा हलेपसँग खेल्नेछिन् । खेलमा हारका बाबजुद एक लाख ७६ हजार डलर पक्का गरेकी छिन् । जुन उनले अहिलेसम्म कमाएकोभन्दा तेब्बर रकम हो । उनले अहिलेसम्म ६० हजार डलर मात्र आर्जन गरेकी छिन् ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्