जापानी टेनिस स्टार निसिकोरी विम्बल्डनको चौंथो चरणमा

जापानी खेलाडी कि निसिकोरी विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी स्टेभ जोन्सनलाई ६४, ६३ र ६२ को सोझो सेटमा पराजित गर्दै निसिकोरी चौंथो चरणमा प्रवेश गरेका हुन् ।

उनले अर्का अमेरिकी साम कुरेसँग प्रतिष्पर्धा गर्नेछन् । निसिकोरी पहिलो ग्रान्डस्लाम उपाधि जित्न प्रयासरत रहँदै आएका छन् ।

विश्व नम्बर दुई राभेल नाडाल पनि चौंथो चरणमा प्रवेश गरेका छन् । उनले फ्रान्सका जो विल्फ्राइड सोंगालाई सोझो सेटमा पराजित गरेका थिए । आठ पटकका ग्रान्डस्लाम विजेता रोजर फडेररले पनि चौंथो चरणमा प्रवेश गरेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्