विष्णु रिमालको टुइटले हंगामा, कसलाई भने छौँडा ?

असार २२, काठमाण्डौ । सामाजिक संजालको प्रयोग विश्वव्यापी छ । नेपालमा पनि यसको प्रयोग बढ्दै गएको छ । फेसबुक र टुइटरको प्रयोग नेपालमा विस्तार हुँदै गएको छ ।

सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मले फेसबुक र टुइटरमा आफ्ना धारणाहरु राख्ने गरेका छन् । प्रधानमन्त्री केपी ओलीलगायत नेता मन्त्री, लेखक आदिले पछिल्लो समय टुइटरको प्रयोग बढि गर्ने गर्ने गरेका छन् ।

आफ्नो मनका कुरा, असन्तुष्टी, खुशी, छोटा लेख आदि विषयवस्तु टुइटरमा बढि लेखिने गरेको छ । यसरी लेख्दा बेलाबेलामा सार्वजनिक महत्वका व्यक्ति, राजनीतिज्ञहरु विवादमा पर्ने गरेका छन् ।

यसरी टुइटरमा विवादित विचार राख्नेहरुमध्ये प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल अग्रपंक्तिमा आउँछन् ।

उनै रिमालले पछिल्लो पटक टुइटरमा राखेको धारणा विवादमा परेको छ । सांकेतिक रुपमा लेखिएको त बुझ्न सकिने उनको विचारको धेरैले आलोचना गरेका छन् ।

रिमालले एकाबिहानै निकै आक्रमक ट्वीट गरे, जुन कसलाई के सन्दर्भमा लेखिएको भन्ने स्पष्ट छैन । उनले टुइटमा विरोधीहरूलाई ‘छौँडा’ को संज्ञा दिएका छन् ।

उनले लेखेका छन्–
भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दुस्ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका ?
रिमालको यो टुइटप्रति धेरैले आपत्ति जनाएका छन् । विशेषगरी त्यहाँ प्रयोग गरिएको छौँडा शब्दप्रति आपत्ती जनाइएको छ ।

प्रायः नकारात्मक रूपमा प्रयोग हुने यो शब्दले धेरै विपक्षमा देखिएका हुन् ।

शब्दकोषको अर्थ हेर्ने हो भने छौँडा भन्नाले
१, बालक
२, शिशु
३, बच्चो
४, दासपुत्र
५, लोकधारणा अनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पिरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो ।

रिमालको टुइटमा उल्लेख गरिएको छौँडा शब्द शब्दकोषको पाँचौ नम्बरको अर्थसँग मेल खान्छ । उनले सरकारको विरोध गर्नेहरुलाई छौँडा भन्न खोजेको अनुमान गर्न सकिन्छ ।

रिमालले टुइटमा धेरैजसो प्रधानमन्त्री केपी ओलीको कार्यक्रमबारे जानकारी, सरकारले गरेका काम आदि राख्ने गरेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...