५० हजार घुस खाने इन्जिनियरमाथि मुद्दा

काठमाडौं, २३ असार । भोजपुरको हतुवागढी गाउँपालिकाका इन्जिनियर मिछुहाङ्ग किराँतमाथि ५० हजार घुर लिएकोमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार उनले निर्माण कार्यको मूल्यांकन बिल बनाइदिने प्रयोजनका लागि घुस लिंदा रङ्गेहात पक्राउ पछि अनुसन्धानले पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।

सडक निर्माण, स्तरोन्नती र पोखरी निर्माण कार्यको मुल्याङ्कन बिल बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले इन्जिनियर मिछुहाङ्ग किराँतलाई सेवाग्राहीसँग पचास हजार घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

किराँतले उपभोक्ता समिति मार्फत स्काभेटर प्रयोग गरी निर्माण गरेका योजनाहरूको मुल्याङ्कन गरी बिल बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरी लिएको स(प्रमाण पुष्टि भएको अख्तियारको भनाई छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्