म भारत विरोधी होइन, तर नेपाली जनताको हितविपरित जान सक्दिन : रावल

असार २३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको सुरुवात तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषयमा सरकार संवेदनशील हुनुपर्ने बताएका हुन् ।

आफू भारत विरोधी नभएको तर जनताको हितका निम्ति कसैसँग सम्झौता नगर्ने पनि रावलले स्पष्ट पारेका छन् ।

“अन्तराष्ट्रिय कानुनअनुसार, विश्व व्यापार संगठनअनुसार प्रत्येक देशले आफ्ना जनतालाई विषादीबाट बचाउनका लागि काम गर्नुपर्छ । त्यो खालको सम्झौता पनि छ । नेपाली जनता पनि विषादीबाट जोगिनुपर्छ भन्ने कुरा गर्दा दुई देशको सम्बन्ध कसरी विग्रन्छ ?” रावलले प्रश्न गरे ।

सरकारको विरोध गर्यो भन्नेहरु भ्रममा परेको पनि रावलको तर्क छ । उनले भने– “मैले सरकारको विरोध गरेको भन्नेहरु भ्रममा छन् जस्तो लाग्छ । मैले के भनेको हो भने विषादीयुक्त फलफूल र तरकारी आयात गर्ने व्यवस्था छ, यो अन्तराष्ट्रिय श्रम संगठन अन्तरगत प्रत्येक देशले गर्न पाउँछ । जनतालाई विषादीबाट बचाउँनका लागि सरकारले पाइला चाल्नुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय सम्झौतामा पनि उल्लेख छ । त्यो सम्झौताअनुरुप नेपाल सरकारले पनि कदम चाल्नुपर्छ भन्दा सरकारको विरोध हुन्छ ?”


ताजा खबर

Loading...
Loading...
Loading...