मन्त्रिपरिषद बैठक साँझ फेरि बस्ने गरी विना निष्कर्ष टुंगियो

असार २४, काठमाण्डौ । हिजो साँझ बसेर विहानै निरन्तरता दिइएको मन्त्रीपरिषद बैठक मन्त्रिपरिषद बैठक साँझ फेरि बस्ने गरी विना निष्कर्ष टुंगिएको छ ।

बैठकमा केके निर्णय भयो भन्ने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा देशको पछिल्लो अवस्था बारेमा छलफल भएको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

आकस्मिक जस्तो देखिने बैठकका बारेमा पत्रकाहरुले प्रश्न गर्दा बास्कोटाले बैठक आकस्मिक नभएको जिकिर गरे ।

बास्कोटाले मन्त्रीपरिषद बैठक जुनसुकै बेला बस्न सक्ने भन्दै आकस्मिक बैठक नभएको बताएका हुन् ।

“साँझ, बिहान मध्यरातमा पनि सक्छ चौविसै घण्टा अभाइलेबल हुनेछ ।” बास्कोटाले भने ।

कतिपयले मन्त्रीमण्डल नै हेरफेर गरिने हो कि भन्ने आशंका गरेका थिए । तर बास्कोटाले मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको अधिकार भएकोले मन्त्रिपरिषदमा छलफल नहुने स्पष्ट पारे ।

बाँस्कोटा पत्रकारहरुले मन्त्रीमण्डल हेरफेरसम्बन्धमा अनावश्यक आशंका गरेको भन्दै असन्तुष्टी पनि देखिए । उनले भने “तपाईहरू कुहीरीमण्डलमा हुनुहुन्छ ।”

मन्त्री बाँस्कोटाले सरुवा बढुवा र केहि विधेयकका विषयमा छलफल भएको जानकारी पनि दिए । यसअघि बैठक सुरु हुनासाथ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव विचैमा उठेर बाहिरिएका थिए ।


ताजा खबर

Loading...
Loading...
Loading...