मन्त्रिपरिषद्को आकस्मिक बैठक, भारतीय दूतावासको पत्र आएको स्वीकार

काठमाडौं २५ असार । सीमा नाकामा तरकारी र फलफूलको विषादी परीक्षण रोक्ने निर्णयलाई लिएर मंगलबार बसको मन्त्रिपरिषद्को बैठकमा विवाद भएको छ ।

विषादी परीक्षण रोकेको विषयमा चित्त नबुझेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठक बसिरहेको बेला बीचमै बाहिरिनुभएको थियो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको थियो । मन्त्री यादव तरकारी र फलफूल आपूर्ति गराउने निर्णयको प्रस्तावक हुनुहुन्छ ।

परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको विरोध भइरहेको समयमा मंगलबार आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो ।

मन्त्री यादवले ‘अर्को एउटा काम परेर’ बैठकबाट बाहिर निस्किएको बताउनुभयो । ‘काम परेकोले धेरै बेर बैठकमा नबसिकन बाहिरएको हु’ मन्त्री यादवले भन्नुभयो ।

बैठकमा कसैसँग कुनै विवाद नभएको पनि मन्त्री यादवले जानकारी दिनुभयो । पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै उहाँले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमा नै माफी माग्नुभएको थियो ।

सो निर्णय गर्ने बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि मन्त्रालय र आफ्नै मन्त्रालयका सचिवले आवश्यक जानकारी नदिएकोमा मन्त्री यादवले असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।

यसैबीच सरकारले अन्ततः तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्न भारतले पत्र पठाएको स्वीकार गरेको छ ।

मंगलबार बसेको आकस्मिक बैठकपछि विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

यसअघि सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्न भारतले कुनै पत्र नपठाएको सरकारले जिकिर गर्दै आएको थियो ।

भारतीय दूतावासले त्यस्तो परीक्षण नगर्न दबाब दिएको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारले पत्र पठाएको तथ्यलाई स्वीकार गर्न बाध्य भएको हो ।

दुई देशका सरकारबीच पत्रहरू आउने र जाने कुरा स्वभाविक भएको पनि बताउनुभयो ।‘यसलाई अन्यथा लिनु हु“दैन ।’ उहाँले भन्नुभयो ‘सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुन्छ। सरकारका बीचमा पत्रहरू आउने र जाने गर्छन् ।यो स्वभाविक हो ।’

उहा“ले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको पनि बताउनुभयो ।

उहाँले नागरिकको अधिकारस“ग जोडिएको विषयमा सरकार गम्भीर रहेको पनि बताउ“दै सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको पनि जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय ग-यो ।सो निर्णय कार्यान्वयनमा आएको तीन साता नबित्दै गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय फिर्ता लिएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...