उडिरहेको बिमान भित्र यस्तो हर्कत (भिडियोसहित)

काठमाडौं, २५ असार । उडिरहेको विमानमा एक जोडीले गरेको क्रियाकलापको भिडियो निकै तीव्र गतिमा भाइरल भइरहेको छ ।

यो विमान उडिरहेका बाथरुमनजिकै एक जोडीले जे गर्छन् त्यो देखेर सबै यात्रुहरु चकित पर्छन् । बाथरुमछेउको खाली ठाउँमा एक युवक र एक युवती योगा गर्न थाल्छन् ।

विमानको पछिल्लो भागमा केही व्यक्तिहरु सुतिरहेका देखिएका छन् । अन्य यात्रु भने दंग परेर उनीहरुको क्रियाकलाप हेरिरहन्छन् ।

अमेरिकाका केही रियालिटी शोमा देखिइसकेका जोकोलस कलरिजले यो भिडियो पोस्ट गरेका हुन् । दावी गरिएको छ कि यो भिडियोमा योगा गर्ने निकोलस आफैं हुन् ।

यो कुन फ्लाइटको भिडियो हो र कसरी खिचियो भन्ने प्रस्ट भएको छैन । भिडियो पोस्ट भएपछि हजारौं युजरले यो भिडियोमा प्रतिक्रिया दिएका छन् ।

केहीले यसलाई रमाइलो भनेका छन् भने केहीले बेवकुफी । केहीले भने विमानलाई बेडरुम नसम्झिन भनेका छन् । एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...