नक्सलवादीको निसानामा विवेक ओबरोय

काठमाडौं, २५ असार । बलिउड नायक विवेक ओबरोयलाई ज्यानमार्ने धम्की दिइएको छ ।नक्सलवादीले विवेकलाई मारिदिने धम्की दिएको भारतीय मिडियाले जनाएका छन् ।

विवेकले प्रधानमननत्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिका गरेका थिए ।धम्की आएपछि उनलाई दुई निजी सुरक्षा अधिकारी प्रदान गरिएको छ ।

उक्त धम्कीपछि मुम्बई पुलिसको तर्फबाट उनलाई सुरक्षा प्रदान गरिएको छ । उनको निवासबाहिर पुलिसको एउटा गाडी पनि राखिएको छ ।

विवेक ओबरोयका एक प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार अभिनेताको ज्यानको खतराको गोप्य जानकारी पाइएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...