नाडाल र फेडरर भिड्ने

विम्बल्डन टेनिसको सेमिफाइनलमा राफेल नाडाल र रोजर फेडरर भिड्ने भएका छन् । विश्व चर्चित खेलाडीद्वयको खेललाई चासोका साथ हेरिएको छ ।

फेडररले जापानी खेलाडी कियो निसिकोरीलाई चार सेटमा पराजित गरेका हुन् । पहिलो सेट निसिकोरीले जितेपनि फेडररले लय समात्दै लगातार तीन सेट जितेका थिए ।

निशिकोरीमाथि फेडररले ४-६, ६-१, ६-४ र ६-४ को जीत हासिल गरेका हुन् । खेलमा निसिकोरी शुरुमा उत्साही देखिएपनि पछि निराश देखिन्थे ।
यसैगरी, ना डालले अमेरिकी खेलाडी क्वेरेमाथि ३० को सोझो सेटमा जित हासिल गरे । उनी विम्बल्डनका दाबेदार मानिन्छन् ।

विश्व नम्बर एक जोकोभिच पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । उनको भेट स्पेनी बटिस्टा अगटसँग पक्का भएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...