शिल्पा र छविबीच सहमति भयो, सुरक्षामा आँच नपुर्याउने ओझाको प्रतिबद्धता

छवी ओझा र उनकी पत्नी नायिका शिल्पा पोखरेलबीच रहेको विवाद छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमान्बाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित गरेका छन् । दुवै जनाबीच सहमति भएपनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्÷बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।


ताजा खबर

Loading...
Loading...
Loading...