खाडीमा युद्धको बादल मडारियो, इरानले जहाज रोकेको बेलायतको आरोप

खाडीमा फेरि युद्धको बादल मडारिएको छ । इरानमाथि अमेरिकाले आक्रमण गर्न लाग्दा अन्तिम समयमा रोकिएको खबर सेलाउन नपाउँदै बेलायत र इरानबीच टकराव बढेको छ ।

इरानमाथि बेलायती जहाजलाई खाडीको समुन्द्रमा रोकेको आरोप लागेको छ । बेलायत सरकारले २६ असारमा विज्ञप्ति जारी गर्दै बुधबार मौखिक चेतावनी दिदै जहाजलाई रोकेको उल्लेख गरेको छ । व्यवसायिक जहाजलाई रोकेपछि बेलायतले चासो देखाएर यसबारे इरानी अधिकारीहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।

तर, इरानले आरोपको खण्डन गरेको छ । इरानी विदेशमन्त्री मोहम्मद जाभाद जरिफले बेलायती जहाजहरु निर्वाध चलिरहेको बताएका छन् । यस क्षेत्रमा तनाव बढाउन आरोप लगाइएको दाबी गरे ।

इरानी तेल ट्यांकर जहाजलाई बेलायतले नियन्त्रणमा लिएपछि इरानी राष्ट्रपति हसन रुहानीले बेलायतमाथि चेतावनी दिएलगत्तै बेलायतको पछिल्लो विज्ञप्ति आएको हो । युरोपेली युनीयनको प्रतिबन्धका बाबजुद सिरियामा तेल लान लागेको भन्दै बेलायतले इरानी ट्यांकर नियन्त्रणमा लिएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्