वीपी प्रतिष्ठान धरानका उपकुलपति रंगेहात पक्राउ

काठमाडौं २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति राजकुमार रौनियार र रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।

रौनियारद्वयले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ८ लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घुस रकमसहित धरानस्थित कार्यालय परिसरको उपकुलपतिको निवासबाट रंगेहात पक्राउ परेका उनीमाथी सोधपुछ भइरहेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...