श्रीमतीलाई मारेर घरको छतमा रहेको ड्रममा लुकाएपछि

काठमाडौँ, २६ असार । आफ्नै श्रीमतीलाई मारेर नेपालगंजका एक युवकले घरको छतमा रहेको पानी खाने ट्याङकीमा लुकाएर राखेको अवस्थामा पक्राउ परेका छन ।

नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी शिवकुमार लोधले आफ्नी ३६ वर्षीया ललिताकुमारी लोधलाई मारेर लुकाएका थिए ।

विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ट्याङकीमा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए ।

सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले मृतकका श्रीमान् शिवकुमार सहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ


ताजा खबर

Loading...
Loading...
Loading...