भारत र अष्ट्रेलिया लिग चरणमा उत्कृष्ट, सेमिफाइनलमा फितलो

भारत र अष्ट्रेलियाले विश्वकप क्रिकेटमा लिग चरणमा सानदार प्रदर्शन गरे । दुवै टोलीले उत्कष्ट प्रदर्शनका कारण सेमिफाइनलमा स्थान बनाउँदा क्रमशः पहिलो र दोस्रो स्थान बनाए ।

सेमिफाइनलमा सजिलै प्रवेश गरेका दुवै टोलीले सेमिफाइनलमा धक्का पाउ । दुवै टोली पराजित भए ।

अष्ट्रेलियामाथि ८ विकेटको सानदार जीत हासिल गर्दै आयोजक इंग्ल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा स्थान पक्का गर्यो ।

इंग्ल्यान्डको जीतमा बलरहरु महत्वपूर्ण रहे । अष्ट्रेलियाका ब्याट्स्म्यानहरुलाई एकपछि अर्को गर्दै आउट गरेपछि दुई सय २४ रनमा सिमित भएको थियो ।

भारतले न्युजिल्यान्डसँग पीडादायक हार व्यहोर्यो । वर्षाले प्रभावित खेल अर्को दिन फेरि शुरु हुँदा न्युजिल्यान्डले मध्यम स्तरको रन बनाउन सक्यो ।

तर, भारतका ब्याट्सम्यानहरु तासको पत्ता झै डलेपछि खेल न्युजिल्यान्डको पक्षमा गयो । अधिकांशले न्युजिल्यान्ड पराजित हुने ठानेका थिए । तर, स्टार ब्याट्सम्यानहरु आउट भएपछि न्युजिल्यान्ड पराजित भयो ।

फाइनलमा न्युजिल्यान्ड र आयोजक इंग्ल्यान्ड भिड्नेछन् । यो पटकको विजेता जो भएपनि इतिहास बनाउनेछन् ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्