विम्बल्डनको फाइनलमा सेरेनाले हालेपसँग भिड्ने

विम्बल्डन टेनिसको फाइलनमा सेरेना विलियम्सले सिमोना हालेपसँग भिड्ने भएकी छिन् । पूर्व विश्व नम्बर एक विलियम्सले आफूभन्दा दश वर्ष कान्छी हालेपसँग जित हासिल गरे आठ पटककी ग्रान्डस्लाम विजेताको रुपमा इतिहास रच्नेछिन् ।

आमा बनिसकेकी ३७ वर्षीया सेरेनाले २६ असारमा चेक गणतन्त्रकी बारबोरा स्ट्राइकोभामाथि ६१ र ६२ को सोझो सेटमा जित दर्ता गरेकी हुन् । खेल मात्र ५९ मिनेटमा सकिएको थियो ।

हालेपले पनि युक्रेनकी इलिना स्भिटोलिनामाथि ६१ र ६३ को जित हासिल गरेकी थिइन् । विलियम्स तीन वर्ष अधि फाइनलमा पुगेर हारेकी थिइन् । हालेप गत वर्षकी विजेता हुन् । दुवैबीचको भिडन्तलाई रोचक हुने ठानिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...