तिनाउ नदी खतराको सतहभन्दा माथि

बुटवल, २७ असार । तिनाउ नदीले खतराको सतह पार गरेको छ । बाढी सूचना केन्द्रले तिनाउले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

२६ असारको साँझ ९ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी सूचना केन्द्रले जनाएको छ । उसले तिनाउको तल्लो तटीय क्षेत्रमा २७ असारको विहानसम्म सतर्कता अपनाउन भनेको छ ।

यसैगरी, तराईका केही जिल्लाहरुमा नदीमा बाढी आउँदा शर्तकना अपनाउन आग्रह गरिएको छ । विशेषगरी चुरेबाट बग्ने नदीबाट खतरा छ । फाइल तस्वीरः युट्युव


ताजा खबर

Loading...
Loading...
Loading...