भागबण्डामिलेपछि सुदूरपश्चिमको बजेट पारित

काठमाडौं २७ असार । सत्तापक्ष र प्रतीपक्ष सांसदले आलोचना गरे पनि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ। बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश हुँदा विपक्षमा आवाज नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरे।

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको बजेट असन्तुलित भएको भन्दै विपक्षी दलहरुको विरोधले प्रदेशसभा बैठक नै बस्न सकेको थिएन। २१ दिने पछि मुख्यमन्त्री र प्रतिपक्ष कांगे्रस संसदीय दलका नेताले संसदमा सम्बोधन गरेपछि बजेट माथि छलफल सुरु भएको थियो।

छलफलमा सत्तारुढ सांसदले बजेट असन्तुलित र अव्यवहारिक भएको भन्दै चर्को आलोचना गरे। सत्तारुढ संसदीय दलको बैठकले बजेटका पक्षमा उभिन ह्वीप जारी गरेको थियो। बजेट छलफल सुरु हुनअघि असन्तुलित भएको भन्दै सत्ता पक्षकै २५ जना सांसदले सच्याउन माग गर्दै हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाएका थिए।

बजेटमा उठेका प्रश्नको नवाफ दिदैँ आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा रहेका त्रुटि सच्याउने प्रतिबद्धता जनाए। ‘छलफलमा धेरै माननीयहरुबाट रचनात्मक सुझाव आएका छन्, सुझावको सम्मान गर्दै अगाडि बढ्न प्रतिबद्धता व्यक्त गर्छु’ उनले भने।

उनले अनुदानलाई कार्यविधि बनाएर विभाजन गर्ने बताए। बजेट छलफलमा मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको दृष्टिकोण र नियतमा कुनै खोट नभएको भन्दै बजेटमा रहेका त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरे। असार १ गते मन्त्री बोहराले २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट संसदमा प्रस्तुत गरेका थिए।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्