पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली। लगातारको वर्षाका कारण पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एकजनाको मृत्यु भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडामा एक ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

गोठमाथिबाट आएको पहिरोले बगाउँदा स्थानीय ३५ वर्षकी हेमकुमारी सुनुवारको मृत्यु भएको फिक्कल गाउँपालिकाले जानकारी गराएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...