त्रिभुवन विमानस्थल ३ बजेसम्मका लागि बन्द

काठमाडौं । आज बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि त्रिभुवन विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिरका अनुसार विमानस्थल आज दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको हो ।

सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ।


ताजा खबर

Loading...
Loading...
Loading...