बाढी/पहिरोमा परी काठमाडौंमा चार जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी राजधानी काठमाडौंमा चार जना बेपत्ता भएका छन्। काठमाडौंको मूलपानीमा गएको पहिरोमा तीन जना पुरिएका छन्।

घरको गाह्रो भत्किएर टहरामा बसिरहेको बेला शुक्रबार दिउँसो टहरोलाई पनि पहिरोले पुरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। पहिरोमा पुरिएकाको अवस्था पत्ता लागेको छैन। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार एक्साभेटरको सहायताले प्रहरीको उद्धार टोलीले पुरिएकाको खोजी गरिरहेको छ।


ताजा खबर

Loading...
Loading...
Loading...