वर्षाको कारण देशभर क्षतिको वृस्तृत विवरण

काठमाडौं, २७ असार । देशभर अविरल वर्षाले जनधनको क्षति पुर्याएको छ । को विवरण अनुसार हालसम्म १९ जनाको मृत्यु भएको छ । १३ जना वेपत्ता हुनुका साथै ११ सय ७५ जना विस्थापित भएका छन् ।

सबैभन्दा बढी काठमाडौं र खोटाङमा तीन तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई जनाको मृत्यु भएको छ । भोजपुर, रामेछाप, सिन्धुली, ललितपुर, मकवानपुर, धादिङ र पर्सामा एक एक जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ ।

मोरङ्ग, सुनसरी, महोत्तरी, पाँचथर, काठमाडौं र इलाममा एक एक जना वेपत्ता भएका छन् । रौतहटमा पाँच, सिराहा र काभ्रेमा दुई, सर्लाही, खोटाङ, रामेछाप र ललितपुरमा एक एक जना घाइते भएका छन् ।


सबैभन्दा बढी मोरङ्गमा एक हजार घरपरिवार वेपत्ता भएका छन् । बारामा एक सय ७५ घरपरिवार वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । कुल एक सय ५३ जनाको उद्दार गरिएको छ ।

देशभर मनसुन सक्रिय रहेको र पूर्वी तराई तथा मध्य तराईको पूरै क्षेत्रमा वर्षाको प्रभाव रहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पहिरो र पर्खाल मृत्युको कारण बनेको गृहले जनाएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...