माछा सडकमा

धरान, २८ असार । यो दृश्य कुनै पोखरीको होइन । यो सडक छेउको खेतको हो । जहाँ माछा बगेर आएपछि मानिसहरु जाल हाल्न थाले ।

धरानस्थित कृषि केन्द्र तरहराका माछाहरु अवरल वर्षाका कारण भरिएको पोखरीबाट फुत्किएपछि सडकमा आइपुगे । सडक हुँदै खेतसम्म झरे । स्थानीयले माछा समात्न जाल हाल्न थाले ।


कृषि केन्द्र नजिकै माछामा जाल हाल्ने र हेर्नेको घुइँचो देखियो । वर्षाले धरान जस्तै अन्य स्थानमा समेत बगाएर क्षति पुर्याएको छ ।
तस्वीरः धरान साप्ताहिकका प्रधानसम्पादक मनिराज भट्टराईको फेसबुक


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्