नाडालमाथि रोमाञ्चक जीतले फेडरर विम्बल्डनको फाइनलमा

पूर्व विश्व नम्बर एक भइसकेका बीचको बहुप्रतिक्षित खेलमा फेडरर हावी भएका छन् । उनले चार सेटमा नाडाललाई पराजित गर्दै विम्बल्डन टेनिसको फाइनल यात्रा तय गरे ।

टेनिस इतिहासमा बुढा बाघ बनेका फेडररले अनुभवको बलमा २७ असारमा भएको खेलमा नाडालमाथि जित दर्ता गरे । पहिलो सेट निकै प्रतिष्पर्धामा जितेका फेडररले दोस्रो सेट सजिलै गुमाए । तर, तेस्रो र चौंथो सेटमा सम्हालिएर खेल्दै जित हासिल गरे ।

खेल ७६, १६, ६३ र ६४ मा फेडररको पक्षमा गयो । अब उनले फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचसँग खेल्नेछन् ।


यसअघि सेमिफाइनलमा रोबर्टो बटिष्टालाई हराउँदै जोकोभिच फाइनलमा पुगेका थिए ।

नाडाल र बटिष्टाको हारसँगै दुवै स्पेनी खेलाडी सेमिफाइनलबाट बाहिरिएका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...