Logo

डिएसपी ढुंगेल बेपत्ता भएपछि अख्तियार र हेडक्वाटरमा खैलाबैला



काठमाडौं, साउन २ । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउन पत्र पठाएको छ ।

अख्तियारको पत्रपछि प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाइ २४ घण्टाभित्र डिएसपी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको छ । पत्रमा

अख्तियारले ढुंगेलको अकुत सम्पत्तिमाथि छानविन चलाइरहेको छ । बयानका लागि बोलाउन खोज्दा डिएसपी ढुंगेल बेपत्ता भएपछि अख्तियारले हेडक्वाटरमा पत्र पठाएको थियो ।

चैत २६ गते काठमाडौंको रानीबारीमा ललेन्द्र शेरचनको घरमा डकैती भएको थियो । सो डकैती काण्डमा प्रहरीले विक्रम श्रेष्ठलाई पक्राउ गरेको थियो ।

डकैतीमा संलग्न श्रेष्ठ र डिएसपी ढुंगेलविरुद्ध कनेन्सन देखिएपछि प्रहरी मुख्यालयले ढुंगेललाई वैशाख १९ गते निलम्बन गरेको थियो । रौतहटको चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यालयको ईञ्चार्ज रहेकै अवस्थामा ढुंगेल निलम्बनमा परेका हुन् ।

यता, अकुत सम्पत्ति छानविनमा अख्तियारले डिएसपी ढुंगेललाई पटक–पटक सम्पर्क गरेर बयानका लागि बोलाउँदा अटेर गरेपछि बेपत्ताको सूचीमा राखेर उपस्थित गराउन प्रहरीलाई पत्र काटिएको हो ।महाराजगञ्जको भेनस रेस्टुरेन्टका मालिक समेत रहेका डिएसपी ढुंगेल रानीबारी डकैती घटनाका अभियुक्त श्रेष्ठसंग डकैति भएकै दिन उनको रेस्टुरेन्टमा भेटघाट भएको बयान श्रेष्ठले दिएपछि ढुंगेल फसेका थिए ।



प्रतिक्रिया दिनुहोस्