Logo

बिपिए अवार्ड महालक्ष्मी विकासलाई



काठमाडौ, साउन ८ । बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ अन्र्तगत विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

राजधानीमा आयोजीत कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले उक्त अर्वाड बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्नो सफलताको श्रेय आफ्ना ग्राहकवर्ग,नियमक निकाय,एवम् शेयरधनीलाई दिदै दिएको छ ।



प्रतिक्रिया दिनुहोस्