Logo

कर्मचारी सञ्चय कोषमा इ– पेमेन्टको थालनी



काठमाडौं, साउन ९ । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरेको छ ।

उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ हाउसको एनसिएचएल–आइपिएस तथा कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको जनाएको छ ।

सम्पूर्ण भुक्तानी तथा संकलन सोझै बैंकखाता मार्फत गर्ने क्रममा कोषले धितो कर्जा स्किम अन्तर्गत स्विकृत भएको आवास कर्जाको भुक्तानी हालको लागी हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ ।

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्विकृत कर्जा, नेपाल क्लियरिङ हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थामा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जम्मा हुने रकममध्ये दश लाख सम्मको रकम कनेक्ट आइपिएस मार्फत रियल टाइममा जम्मा हुनेछ भने सोभन्दा माथीको रकम एनसिएचएल–आइपिएस मार्फत भुक्तानी गरिने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्