Logo

कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैन– अन्सारी



नेपालगञ्ज, १४ पुस : राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सेवा दिने र लिने दुवैको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । आइतबार नेपालगञ्जमा भएको ‘व्यापार र मानवअधिकार’ विषयक छलफल कार्यक्रममा उनले कानूनको उल्लङ्घन गर्नेलाई राज्यले क्षमा दिनु हुँदैन भने। मानवअधिकार सबैका लागि बराबर हुन्छ भन्दै सदस्य अन्सारीले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति नै मानवअधिकारको ठूलो शत्रुका रूपमा रहेको बताए।

त्यस अवसरमा आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाईँ, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले पनि बोलाएका थिए । कार्यक्रममा विभिन्न पेशा, व्यवसायका सञ्चालक, रोजगारदाता र समृद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्