Logo

पेट्रोलबाट चल्ने सवारी र मदिराको कर यथावत्,चुरोट र गुट्काको कर बढ्यो



काठमाडौं, जेठ १६ं। सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र मदिरामा लिँदै आएको करको दर यसपटक यथावत् राखेको छ । यसअघि नेगेटिभ लिस्टमा राखेर कर बढाउने प्रचलनलाई यो वर्ष सरकारले ब्रेक लगाएको छ । कोरोनाका कारण उपभोग नै संकुचित भएकाले करको दरमा हेरफेर नगरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा आपूर्ति प्रणाली नै प्रभावित भएको छ । यसकारण सरकारले करको दरमा धेरै ठूलो हेरफेर नगरेको हो । बजेटमार्फत विदेशबाट आयात हुने मदिराको कच्चा पदार्थमा भने भन्सार केही बढाएको छ । यो भन्सार बढाउँदा आयातित माल्ट प्रयोग गरेर मदिरा उत्पादन गर्ने उद्योगलाई भने प्रभाव पर्नेछ । बजेटमार्फत विद्युतीय सवारीसाधनको कर भने बढाइएको छ ।

सरकारले विद्युतीय गाडीमा भन्सारलगायतका करमा छुट दिँदै आएको थियो । विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा राजस्वमै असर गरेपछि करको दर बढाइएको हो । भारतमा पनि चालु आवको बजेटमार्फत विद्युतीय गाडीको कर बढाइएको थियो । सरकारले चुरोट, गुट्का र खैनीमा भने करको दर बढाएको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्