Logo

बामदेव राष्ट्रियसभा सदस्यमा मनोनित, सपथ अपरान्ह ४ बजे



काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिदैछन् । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिने तय भएको छ ।

गौतमलाई सोमबार सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । चार दिनपछि उनी मनोनित भएको पत्र राष्ट्रियसभामा पुगेपछि आज नै सपथ राखिएको छ । बर्दियाबाट प्रतिनिधिसभाको चुनावमा पराजित गौतम सांसद भएसँगै सरकारमा जानेबारे समेत चर्चा चलेको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्