Logo

नेविसंघ नेता मनोज बैद्यद्धारा कोरोना महामारीको मारमा परेका ६५५ जनालाई खाद्यान्न वितरण (फोटोफिचर)



काठमाडौं, ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री मनोज बैद्यले आर्थिक रुपमा बिपन्न परिवार, बिद्यार्थी र श्रमिकलाई आहतमा राहत कार्यक्रमअन्तर्गत दुःख बाँडौ सुख साटौ भन्ने नाराका साथ खाद्यान्न बितरण गरेका छन ।

बैद्यले बुधबार काठमाडौंको चावाहीलमा कोभिड(१९ महामारिको मारमा परेका ६५५ जनालाई खाद्यान्न बितरण गरेका हुन् । प्रत्येक परिवारलाई चामल, तेल, नून, मस्यौरा, दाल, चिउरा लगाएतका खाद्य सामाग्री बितरण गरिएको नेविसंघ महामन्त्री बैद्यले जानकारी दिए।

चाडपर्वको समयमा कसैले रमाइलो गरेर मनाइरहेको हुने त कसैको घरमा चुल्हो सम्म बल्ने अवस्था नभएकोले दसैं जस्तो पर्वमा कोही भोकै नपरुन भन्ने ध्येयले चाडपर्वको मुखमा राहत वितरण गरेको बैद्यले जानकारी दिए । महामन्त्री बैद्यले जनता बाट कर उठाएर तलब भत्ता खाने राज्यले यस्तो विपतको समयमा पनि जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै सांकेतिक विरोध स्वरुप पनि सहयोग कार्यक्रमलाइ निरन्तरता दिइएको उल्लेख गरे ।

बैद्यले साथीभाइहरुको सहयोग बाट चलेको कार्यक्रम साथी भाईहरुले सहयोग गरिरहे सम्म निरन्तर रुपमा राहत कार्यक्रमलाई लैजाने बताए । यसअघि पनि बैद्यले खाद्यान्न,खाजा तथा खान खुवाउने र मास्क वितरण लगायतका कार्यक्रम गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्