Logo

राष्ट्रिय एकद्वार प्रणाली लागू



काठमाडौं, माघ १२ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच यस्तो सम्झौता भएको हो । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा। दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा सहदेव हुमागाईंले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अनलाइनमार्फत लाइसेन्स, परमिट, सर्टिफिकेट (एलपीसीओ) लगायतका काम एकसाथ हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । यसअघि एउटा सेवाग्राहीले एउटै कामका लागि विभिन्न निकायमा धाउनुुपथ्र्यो तर अब एक ठाउँबाट नै सबै काम हुने उनको भनाई छ ।

जुुन विभाग तथा कार्यालयअन्तर्गतको काम हुन्छ त्यो अनलाइनमार्फत हुन्छ र सेवाग्राही कुनै एक ठाउँबाट त्यो सेवा प्राप्त गर्नेछ । यो प्रणाली लागू भइसकेपछि पारदर्शिताका साथै समयमा काम सम्पन्न हुने महानिर्देशक रायको दाबी छ । भन्सार दिवसका दिन एकद्वार प्रणालीको औपचारिक घोषणा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्