Logo

ओली पक्षको भोलिको आमसभाअघि काठमाडौंमा आज स्वयमसेवक अभिमूखिकरण (फोटोफिचर)



काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले भोलि काठमाडौंमा बृहत्त सभाको आयोजना गरेको छ । उक्त सभामा दुई लाख मान्छे उतार्ने ओली पक्षको तयारी छ । त्यसको अघिल्लो दिन आज उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा युवा नेताहरु महेश बस्नेत, माधव ढुंगेल, रमेश पौडेल लगायतका नेतृत्वमा मार्चपास समेत गरेको थियो ।

मार्चपास लगत्तै स्वयमसेवकहरुलाई अभिमुखिकरणसमेत गरिएको थियो । अभिमुखीकरणमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, आनन्द ढुंगाना, महेश बस्नेत, माधव ढुंगेललगायतले सम्बोधन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्