Logo

ओलीलाई ओली बा’समूह खोल्न माधव नेपालको सुझाव



काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीलाई नेकपा ओली गुट खोल्न सुझाव दिएका छन् । आज (सोमबार) एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि निश्काषन गरिसकेकोले अब ओली’बा गुट खोल्न सुझाएका हुन् ।

सम्बोधनको क्रममा नेता नेपालले भने–‘नेकपा मन परेको छैन भने समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली’बा समूह खोले सबैभन्दा राम्रो । ओली’बा मन पराउने उतै जान्छन् ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्